Nepali

हेर्नुहोस् किन अर्काको देशमा लगेर छापिन्छ पैसा ?

केही अघि रिपब्लिक अफ लाइबेरियालाई १ अर्ब ४ करोड डलर नोक्सान भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छायो । यो सरकारको कमजोरी वा नराम्रो नियतले भएको नोक्सानी थिएन । तर, त्यो पैसा साँच्चै गायब भयो । लाइबेरियाको केन्द्रीय बैंकले विदेशस्थित प्रिन्टिङ प्रेसलाई त्यो पैसा छाप्न दिएको थियो । छापिएर आउँदै गरेको पैसा जब देशको मुख्य बन्दरगाहबाट विमानस्थल लगिँदै थियो । तर, पैसा विमानस्थलमा पुगेन बीचबाटै हरायो । यो घटनालाई लाइबेरिया सरकारले छानबिन गरिरहेको छ ।

पैसा कहाँ गयो भन्ने कुरा सरकारले गरेको छानबिनले देखाउला, सँगसँगै यसले एउटा कडा प्रश्न भने जन्माएको छ– स्वदेशी मुद्रा स्वदेशमा छाप्ने कि विदेशमा ?केही महिनाअघि भारतले पनि आफ्नो देशको पैसा विदेशमा छपाउने कुराको विरोध गरेको थियो । सोसल मिडियामा यसको चर्काे आलोचना पनि भएको थियो । विरोध हुनुको मुख्य कारण भनेको साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टमा भारतीय रूपैयाँ चीनको सरकारी प्रिन्टिङ कर्पोरेसनले छाप्ने ठेक्का पाएको बताएको थियो । तर, भारत सरकारले भने यसलाई अस्वीकार गर्दै आइरहेको छ । भारतले यसलाई निराधार बताउँदै आएको छ ।

उसले आफ्नो मुद्रा स्वदेशकै अति सुरक्षित चार प्रेसमा छाप्ने दाबी गरेको थियो । कुरा जे भए पनि यसले सबैलाई एउटा जागरण ल्याएको छ कि हामी सबैलाई थाहा हुनुपर्छ हाम्रो देशको पैसा कहाँ छापिन्छ ।भारत, अमेरिकालगायतका केही देशले आफ्नो देशको पैसा आफ्नै देशमा छाप्ने गरेका छन् । तर, विश्वमा अझै पनि केही यस्ता देश छन् जसले पैसा विदेशमा छाप्छन् । नेपाल पनि यस्तै देशको सूचीमा छ जसले विदेशमा स्वदेशी मुद्रा छपाउँछ र यसलाई सामान्य रूपमा लिइन्छ । देशमा प्रेस नै छैन भने एउटा कुरा हुन्छ, जस्तो कि लाइबेरियामा । प्रेस नै नभएको देशमा पैसा कसरी छाप्ने ? युरोपमा धेरै कम्पनी छन् जहाँ विदेशी पैसा छापिन्छ ।

बैंक नोट बनाउने कम्पनी डे ला रुएका अनुसार व्यावसायिक प्रिन्ट बजार कुल बजारको ११ प्रतिशत व्यापारिक किसिमले छापिन्छ । यहाँ भएका सबैभन्दा धेरै कम्पनी युरोप र उत्तर अमेरिकामा छन् । बेलायती कम्पनी डे ला रुए विश्वको सबैभन्दा ठूलो नोट छाप्ने कम्पनी हो । यो कम्पनीले विश्वभरिका १ सय ४० देशको पैसा छाप्छ ।यो कम्पनीको प्रतिद्वन्द्वी भनेको जर्मन कम्पनी गिसेक एन्ड डर्र्विन्ट हो, यसले करिब सय देशको पैसा छाप्छ । यसबाहेक क्यानेडियन बैंक नोट कम्पनी र अमेरिका–स्विडेन का क्रेन कम्पनी पनि धेरै पैसा छाप्ने कम्पनीमा पर्छन् । यस्तो बजारलाई ठूलो तर सेक्रेट बजार हो ।

बिबिसीले एक अध्ययनका क्रममा पैसा छाप्ने कम्पनीलाई सम्पर्क गर्न खोज्दा उनीहरूले कुरा गर्न इन्कार गरेका थिए । धेरै सरकार यस्तो कुरा सार्वजनिक गर्न पनि चाहँदैनन् । भारतमा देखिएको त्यो सर्वसाधारणको आलोचनाले पनि पैसा छाप्ने भन्ने कुरा कति धेरै संवेदनशील छ भन्ने प्रस्ट हुने बताउँछ । डरहम युनिभर्सिटीको इतिहास विशेषज्ञ कोनोर्स भन्छन्, ‘यो मानिसहरूका लागि राष्ट्रियताको विषय बन्छ ।’ किन आफ्नै देशमा छाप्दैनन् त पैसा ? यो निकै गाह्रो र खर्चिलो प्रक्रिया हो । सोलोमन द्वीपले पनि आफ्नो देशको मुद्रा विदेशमै छाप्ने गर्छ । उनको लागि १०० वर्ष देखी एउटै कम्पनीले पैसा छापिरेहको छ ।

डे ला रुएले पनि १८६० देखि पैसा छाप्ने काम गरिहेको छ । बैंक अफ इंग्ल्यान्डका लागि पनि यो कम्पनीले नयाँ पोलिमर नोट बनाएको छ । साना देशका लागि पैसाको छपाइ विदेशमा गर्नु ठीक हो । किनकि थोरै पैसा छाप्नका लागि ठूलो कम्पनी स्थापना गर्नु ठीक नहुन सक्छ । पैसा छाप्ने मेसिन एकपटक स्थापना गरेर मात्रै पनि हुँदैन । त्यसलाई बेलाबेलामा अपग्रेड पनि गर्नुपर्छ । एक बैंक नोट प्रिन्टरले एक सालमा एक अर्ब ४० करोड नोट छाप्न सक्छ । यदि कोही केन्द्रीय बैंक योभन्दा कम नोटको छपाइ गर्छ भने त्यो देशले कम्पनी स्थापना गर्नु मितव्ययी हँुदैन । तर, अमेरिकाले भने हरेक वर्ष ७ अर्ब नयाँ नोट छाप्छ । सोलोमन द्वीपमा जम्मा ६ लाख जनसंख्या छ । उसको लागि डे ला रुएले पैसा छाप्छ । भारतले भने विदेशमा पैसा छाप्नु राष्ट्रिय सुरक्षाको हिसाबले चिन्ताको विषय बताइन्छ ।

भारत र चीनको सीमा विवादले गर्दा पनि यसलाई संवेदनशील मानिन्छ । लिबियाको घटना लिबियामा सन् २०११ मा बेलायत सरकारले १.८६ अर्ब दिनार लिबिया निर्यात गर्न रोकेको थियो । यसमध्ये १.४ करोड पाउन्ड डे ला रुएले छापेको थियो । यसको परिणामस्वरूप कर्नेल गद्दाफीको अन्तिम समयमा लिबियामा पैसाको खडेरी लाग्यो । यस्तो अवस्थामा विदेशी सरकारले कहिलेकाहीँ नोटको वितरण रोक्न पनि सक्छ । तर, यो निकै दुर्गम अवस्थामा मात्रै हुन्छ । लिबियाको यो घटनाले पैसा छाप्ने कम्पनीलाई तर्साएको थियो । तर, यसले नोट छाप्ने कुरामा भने कुनै असर परेन ।सैद्धान्तिक रूपमा कुनै पनि देशले भनेको भन्दा धेरै पैसा छाप्नु अर्थव्यवस्थाका लागि कमजोर थियो । यसले मुद्रास्फीतिमा पनि हुन सक्छ । यस्तै अर्काे देशमा पैसा छाप्दा विदेशीलाई आफ्नो नोटको सेक्युरिटी फिचरको जानकारी हुन्छ । त्यसैले पनि नक्कली नोटको खतरा हुन्छ । तर, यस्तो घटनाको प्रमाण भने छैन ।

फेरि जुन देशले आफ्नै देशमा मुद्रा छापिन्छ त्यहाँ मुद्राको विश्वास पनि निकै कम हुन्छ । यस्तो देशमा उच्चस्तरको भ्रष्टाचारको पनि समस्या हुने शंका गरिन्छ । तर पनि कुनै देशले आफ्नो देशको मुद्रा आफ्नै देशमा पनि छापेका छन् । अन्तर्राष्ट्रिय मुद्राकोषको प्रबन्धक गियामे लिपेकका अनुसार धेरै देश आफ्नै देशमा मुद्रा छाप्छन् । तर निकै सानो मात्रामा मात्रै व्यावसायिक रूपमा छपाइन्छ । कुनै पनि अन्तर्राष्ट्रिय नियमले यस्तो उत्पादनको नियन्त्रण गर्न सक्दैन । के भविष्यमा पनि पैसा यतिनै जरुरी हुन्छ ?पछिल्लो समय क्यास लेसको चर्चा भइरहेको छ ।

प्रविधिको विकाससँगै पैसालाई पनि प्रविधिको माध्यमबाट कारोबार कसरी गर्न सकिन्छ भनेर रिसर्च भइरहेका छन् र एप पनि निर्माण भइरहेका छन् ।चीनमा वी चेट नामको मेसेजिङ र पेमेन्ट एप्लिकेसन निकै लोकप्रिय छ । चीनको पिपुल्स बैंकका अनुसार सन् २०१६ मा १० प्रतिशत रिटेल भुक्तानी क्यासबाट भएको थियो । क्यास प्रयोग नहुनुको एउटै कारण भनेको मोबाइल एप्लिकेसन थियो । यसरी क्यासलेस अर्थतन्त्रको बहस भइरहँदा विश्वमा मुद्राको माग भने बढिरहेको छ । हरेक वर्ष ३.२ प्रतिशतले मुद्राको माग बढ्ने गरेको छ । माग बढ्ने क्रम एसिया र अफ्रिका क्षेत्रमा बढी देखिएको छ ।

Leave a Comment