Nepali

यो साता यी राशिकोचम्किन्छ भाग्य,पाथिभरा माता को दर्शन गरि ॐ लेखीभेटि स्वरुप एक सेयर गरि पढ्नुहोस् “साप्ताहिक राशिफल“

यो साता यी राशिकोचम्किन्छ भाग्य,पाथिभरा माता को दर्शन गरि ॐ लेखीभेटि स्वरुप एक सेयर गरि पढ्नुहोस्,  जानकारी लिनुहोस साउन १९ गते आईतबारदेखी साउन २५ गते शनिबारसम्म साप्ताहिक राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहीबारसम्मको समय राम्रो रहेकोले समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । व्यापार व्यावासायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरियो यात्रा गर्न सकिनेछ । माया प्रेमको गाठो अरुदिन भन्दा कसिलो भएर जाने योग रहेकोछ । पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ । शुक्रबारबाट समय मध्ययम रहेकोले नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । पढाई लेखाई बिग्रने भएले सताउनेछ भने पढाई लेखाईको लागि यात्रामा समस्या निम्तन सक्छ । प्रेममा अबिश्वास बढ्ने हुनाले सन्तुलित व्याबहार गर्नुनै उचित हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मंगलबार दिउसोसम्मको समय मध्ययम रहेकोले व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले तत्काल नयाँ काम नगर्नुनै राम्रो रहनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । मंगलबार साझबाट समय तपाईकै पक्षमा आउनाले पढाई लेखाईमा मन जानेछ भने प्रतिष्पर्धिहरु तपाईको क्षमता देखेर आफै पछाडि हट्नेछन् । न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मन परेको मानिस सँग रमाईलो यात्रामा निस्कन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यावसाय फस्टाउँनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आईतबार साझबाट मंगलबार साझसम्मको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ । छोटो दुरिको व्यावसायिक तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । आईतबार साझबाट मंगलबार साझसम्मको समय मध्ययम रहेकोले राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको सुरु र अन्तको समय मध्ययम रहेकोले बोलिको प्रभाव बढ्ने भए पनि अरुको बारेमा अनाबस्यक टिका टिप्पणी गर्नाले आफ्नो साख गुम्न सक्छ । पढाई लेखाईमा समय दिएपनि ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ । मंगलबार साझबाट बिहीबारसम्मको समय राम्रो रहेकोले छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुनेहुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । बिवादित बिषयहरु आज टुङग्याउनु उचित हुनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । आईतबार साझबाट मंगलबार साझसम्म विदेश भावमा गोचन गर्ने चन्द्रमाले खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको सुरु र अन्तको समय राम्रो रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी समयले साथ लिने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आईतबार साझबाट मंगलबार साझसम्मको समय मध्ययम रहेकोले कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । तरपनि लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको सुरु र अन्तको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । आईतबार साझबाट मंगलबारसम्मको समय राम्रोे रहेकोले बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको सुरु र अन्तको समय मध्ययम रहेकोले सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । आईतबार साझबाट मंगलबारसम्मको समय राम्रो रहेकोले भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिधिन्न भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा हुनेछ । आईतबार साझबाट मंगलबार साझसम्मको समय मध्ययम रहेकोले सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । घर परिवार तथा आफन्त सँग घरायसि कुरामा राय बाजिनेछ भने जीवन साथिसँगको सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ।
(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! )

Leave a Comment